नेपाली र अमेरिकी सेनाले काठमाडौंमा संयुक्त सैन्य अभ्यास गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाली र अमेरिकी सेनाले काठमाडौंमा संयुक्त सैन्य अभ्यास गर्ने


१० माघ २०७६, शुक्रबार


काठमाडौं । काठमाडौंमा नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना संयुक्त अभ्यास हुने भएको छ । नेपाली सेनाको स्रोतका अनुसार आगामी फागुन ५ गते संयुक्त सैन्य अभ्यास सुरु हुनेछ ।

काठमाडौंको छाउनी र भक्तपुरको नगरकोटमा हुने संयुक्त सैन्य अभ्यास चैत ६ गते सकिने नेपाली सेनाको स्रोतले जानकारी दिएको छ ।

एक महिना अभ्यासका क्रममा नेपाल र अमेरिकाका सेनाबीच अन्तराष्ट्रिय मानवीय कानुन, घाइतेको उद्धार र सहरी विद्रोह नियन्त्रणबारे अभ्यास हुने सैनिक स्रोतले जनाएको छ ।

संयुक्त अभ्यासमा ३६ नेपाली सेना र ९ अमेरिकी सेना सहभागी हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस