अङ्ग्रेजीमा नाता प्रमाणित गरेको १२ सय ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अङ्ग्रेजीमा नाता प्रमाणित गरेको १२ सय !


१० माघ २०७६, शुक्रबार


काठमाडौँ । कानेपोखरी गाउँपालिका ७ ले नाता प्रमाणित गरेको एक हजार दुई सय रुपैयाँ लिने गरेको छ ।

१ नं. प्रदेश स्थित कानेपोखरी गाउँपालिका वार्ड नं. ७ मोरङ कार्यालयले काटेको रसिदमा ‘जीवितसँगको नाता प्रमाणित अङ्ग्रेजीमा’ शीर्षक अन्तर्गत एक हजार दुई सय रुपैयाँ रसिद काटेको भेटिएको हो ।

स्थानीय सरकार सञ्चालनका लागि भन्दै नगर र गाउँपालिकाहरूले करको दर र दायरा दुवै बढाएपछि स्थानीय बासिन्दा चर्को मारमा परेको गुनासो गर्न थालेका छन् ।

बढी कर उठाउनकै लागि मूल्याङ्कन बढाइदिएपछि परम्परागत खेती किसानीका भरमा जीविका चलाउँदै आएका सर्वसाधारण जग्गाको कर तिर्न अब ऋण लिनु वा जग्गै बेच्नुपर्ने अवस्था आइलागेको उनीहरूको गुनासो छ । कतिपय स्थानीय तहले त बस्तुभाउको चरी चरन र उपचारमा समेत कर असुल्न थालेका छन् भने कतिपय अवस्थामा निःशुल्क दिनुपर्ने सेवामासमेत कर लगाई शासन व्यवस्थाप्रति नै वितृष्णा जगाउने खालले कर थोपरेका छन् ।

विश्वव्यापी मान्यताअनुसार कर निर्धारण खास गरी दुई वटा सिद्धान्तका आधारमा गरिन्छ पहिलो करदाताको कर तिर्न सक्ने क्षमता र दोस्रो सरकारबाट करदाताले प्राप्त गर्न सक्ने लाभ÷सुविधा । तर पछिल्लो समय केही स्थानीयतहरुले हचुवाको भरमा कर असुली गरिरहेका छन् । करको दायरा फराकिलो पर्ने नाममा निम्न वर्गका नागरिकमाथि शुल्क थोपरेर उकुसमुकुसको अवस्था सिर्जना गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस