डोटी । राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय डोटीले पुर्विचौकी गाउँपालिका १ अन्तर्गत पर्ने शाजेन्द्रश्वर माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई न्यानो लुगा सहयोग गरेको छ ।
बैङ्कको ५५ औँ वार्षिकोत्सवको पूर्व सन्धामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चार जना दृष्टि विहीन बालबालिकालाई न्यानो लुगा सहयोग गरेको राष्ट्रिय वाणिज्य बैङ्क डोटी शाखाका शाखा प्रबन्धक हरक सिंह धामीले बताए । उनले भने ‘हाम्रो ध्येय भनेको सबै नागरिकलाई बैंकमा खाता खोल्न प्रोत्साहन गर्नु हो’।
चालु आर्थिक वर्षको साउन महिना देखि राष्ट्रिय वाणिज्य बैंकले ‘समृद्धि सँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ सबै सेवाग्राहीलाई खाता खोली बचतमा सहज होस भन्ने हेतुले राष्ट्रिय वाणिज्य बैंक समृद्धि खाता सञ्चालन ल्याएको समेत शाखा प्रबन्धक धामीले बताए । ’
डोटी शाखाले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत सोही विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षकहरूलाई वित्तीय साक्षरताको विषयमा जानकारी गराउनुका साथै २०७५ सालको अन्तिम वार्षिक परीक्षामा विद्यालय स्तरमा उत्कृष्ट नतिजा ल्याई प्रथम , द्धितृय र तृतीय हुने तिन जना विद्यार्थीलाई स्टेशनरी सामग्रीका साथ नगद पुरस्कार सहयोग गरिएको डोटी शाखाका कर्मचारी नारायण कुँवरले जानकारी दिए ।
डोटी जिल्लामा सञ्चालनमा रहेका बैंकहरु मध्य राष्ट्रिय वाणिज्य बैंक नेपाल सरकारको क वर्गको पूर्ण सरकारी स्वामित्व भएको एक मात्र बैंक हो ।












