म्यासेन्जरमा प्रश्नपत्र पठाउने व्यवस्थापन समितिका अध्यक्षसहित तीन पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

म्यासेन्जरमा प्रश्नपत्र पठाउने व्यवस्थापन समितिका अध्यक्षसहित तीन पक्राउ


९ माघ २०७६, बिहिबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षा सञ्चालन हुनुअघि नै प्रश्नपत्र र उत्तरकुञ्जिका परीक्षार्थीलाई पठाएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । आयोगले पक्राउ गरेकाहरुमा भक्तबहादुर शाही, घनश्याम भण्डारी र दलबहादुर विक रहेका छन् ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार भर्ना छनौट समितिका संयोजक समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर शाहीले परीक्षार्थीलाई मैसेन्जरमा प्रश्नपत्र पठाएको अनुसन्धानबाट खुल्न आएको हो ।

परीक्षाको नतिजा प्रकाशन भएपछि उजुरीको आधारमा अनुसन्धान गरिएको थियो । अध्यक्ष शाहीले प्रश्नपत्र र उत्तरकुञ्जिका पठाएका परीक्षार्थी उत्र्तिण भएपछि आयोगमा उजुरी परेको थियो । नतिजाबाट छनोट भइसकेका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुरलाई आयोगले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी, आयोगले जिल्ला प्रशासन कार्यालय, सप्तरीका मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी केशवकुमार यादबलाई घुससहित पक्राउ गरेको दाबी गरेको छ । यादबले अभद्र व्यवहार मुद्दामा पेशीमा राखेर टुंग्याउने प्रयोजनको लागि चार हजार रुपियाँ घुस लिएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस