राष्ट्रियसभा निर्वाचन आज, मतमरिणाम पनि आजै सार्वजनिक हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रियसभा निर्वाचन आज, मतमरिणाम पनि आजै सार्वजनिक हुने


९ माघ २०७६, बिहिबार


काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आज हुँदैछ । रिक्त हुन लागेका १८ सिटका लागि आज निर्वाचन हुने भएको हो । आज बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ ।

प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

राष्ट्रियसभाका १९ सांसद्को पदावधि यही फागुन २० गते समाप्त हुँदैछ । तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि चुनाव हुँदैछ । प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् ।

आयोगका अनुसार, कुल मतभार ५३ हजार ५ सय ८ रहेको छ । निर्वाचनको केही घण्टामै मतपरिणाम सार्वजनिक हुने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस