राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोगमाथि माथिल्लो सदनमा सुनुवाइ सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोगमाथि माथिल्लो सदनमा सुनुवाइ सुरु


८ माघ २०७६, बुधबार


Temporary Protected Status

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विरुद्धको महाअभियोग प्रस्तावमा अमेरिकी माथिल्लो सदन सिनेटमा सुनुवाइ सुरु भएको छ । सिनेटमा बहुमत प्राप्त रिपब्लिकन नेता मिच म्याककोनेलले मुख्य साक्षी वा दस्तावेज रोक्न चाहेको भए पनि विपक्षी डेमोक्रयाटले त्यसलाई पर्दा लगाउने विषय भन्दै आलोचना गरेको छ ।

डेमोक्रयाट्सले महाअभियोग सम्बन्धी सुनुवाईको नियम फेर्न चाहेको छ । राष्ट्रपति ट्रम्पमाथि युक्रेन मामिलामा आफ्नो शक्ति दुरुपयोग गरेको र कंग्रेसलाई उनको आचरणको बारेमा जाँच गर्नबाट रोकेको आरोप लगाइएको छ ।

ट्रम्पले यो आरोपको खण्डन गरेका छन् । सिनेटरहरुले निस्पक्ष न्यायाधीशको जस्तै काम गर्ने शपथ खाएका छन् । यो प्रक्रिया अब हप्ताको ६ दिन र दैनिक ६ घण्टा चल्नेछ । यस सम्बन्धी सुनुवाई अमेरिकाका प्रधानन्यायाधीशको अध्यक्षतामा भइरहेको छ ।

अमेरिकी इतिहासमा यस पटक तेस्रो व्यक्तिले महाअभियोगको सामना गर्नु परिरहेको छ ।

रिपब्लिकनको बहुमत भएको सिनेटमा राष्ट्रपतिमाथि महाअभियोग प्रस्ताव पास हुने सम्भावना भने लगभग नभएको बताइँदै आएको छ । रिपब्लिकन पार्टीले सुनुवाईको समय घटाउन दबाब दिँदै आएको छ । ट्रम्प भने अहिले स्वीजरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको कार्यक्रममा भाग लिन गएका छन् । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस