मुग्लिङमा सुख्खा पहिरो, यातायात अवरुद्ध « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मुग्लिङमा सुख्खा पहिरो, यातायात अवरुद्ध


७ माघ २०७६, मंगलबार


काठमाडौँ । मुग्लिङबाट करिब २ किलोमिटर नारायणघाट तर्फ ३ नं पुल नजिकै सुक्खा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

पहिरो हटाउन सडक विभागको भरतपुर र डुम्रे अफिसबाट मेसिन परिचालन गरिएको सडक विभागका महानिर्देशक केशव कुमार शर्माले जानकारी गराएका छन् ।

पहिरो हटाई यातायात सञ्चालन गर्न केही घण्टा लाग्ने भएकोले रातीको समयमा सो सडक खण्डमा यात्रा नगर्न र आफ्ना सवारी साधन रामनगर र मुग्लिङमा नै रोक्न भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस