कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित भयो : मन्त्री ढकाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित भयो : मन्त्री ढकाल


प्रशासन संवाददाता

७ माघ २०७६, मंगलबार


बैतडी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित बनेको बताएका छन् । आज बैतडीको पाटन नगरपालिका–८ स्थित खोडपेमा नवनिर्मित सिद्धेश्वर स्वास्थ्यचौकी भवन उद्घाटन समारोहमा उनले समायोजनले गर्दा अहिले विभिन्न स्वास्थ्य संस्थाहरुमा कर्मचारी अभाव भएको बताए ।

“स्वास्थ्यका कर्मचारी अभावप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘समायोजन प्रक्रिया चाँडै टुङ्गिने र स्वास्थ्यका कर्मचारी अभाव रहने छैन, त्यसका लागि सरकार लागिपरेको छ ।’ मन्त्री ढकालले स्वास्थ्यका उपकरण कमी रहेकाले परिपूर्ति गर्न आफू लागिपरेको बताए । ‘सरकारले नागरिकका आधारभूत आवश्यकतामध्येको स्वास्थ्यका लागि लागिपरेको छ’, उनले भने, ‘नागरिकको स्वास्थ्य सेवाप्रति सरकार गम्भिर छ, जनशक्ति थप गरेर भए पनि स्वास्थ्य सेवा घरदैलोमै पुगाउँछौँ ।’रासस

Tags :
प्रतिक्रिया दिनुहोस