नेपाल–चीन सम्बन्ध सुढृढ बन्दै गएको छ : गृहमन्त्री थापा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नेपाल–चीन सम्बन्ध सुढृढ बन्दै गएको छ : गृहमन्त्री थापा


७ माघ २०७६, मंगलबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय नेपाल–चीन सम्बन्ध सुढृढ बन्दै गएको बताएका छन् ।

अरनिको समाज नेपालले चिनियाँ नव वर्षका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले नेपाल–चीनबीचको सम्बन्ध प्राचीन कालदेखि रहँदै आएको बताउँदै पछिल्ला वर्षमा नेपाल–चीनबीचको सहकार्य बढ्दै गएको बताएका हुन् । ‘चीन र नेपाल प्राकृतिक रुपले मात्र जोडिएको छैनन्, सांस्कृतिक र सामाजिक रुपले समेत जोडिएको छ, यसलाई निरन्तरता दिनुपर्छ,’ उनले भने । उनले चीनले नेपालको विकासका लागि गरेको कामको उच्च प्रशंसा गरे ।

गृहमन्त्री थापाले ३ महिना अगाडि भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल चीनको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताए। उनले चीनमा पढेर नेपाल फर्केका विद्यार्थीबाट स्थापना गरिएको अरनिको समाज नेपालले नेपाल चीन सम्बन्धलाई झन नजिक बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन–नेपाल सम्बन्ध धेरै पुरानो भएको बताउँदै आउँदो दिनमा उक्त सम्बन्धलाई निरन्तरता दिने बताइन् । नेपालको विकासका लागि चीनको सधैँ साथ र सहयोग रहने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस