एन्फाका कास्की अध्यक्षलाई दिपक मनाङ्गेले हाने झापड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एन्फाका कास्की अध्यक्षलाई दिपक मनाङ्गेले हाने झापड


७ माघ २०७६, मंगलबार


कास्की । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ(दीपक मनाङे)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि झापड हानेका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै झापड हानेका हुन् । गुरुङ प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेको बेला मनाङ्गेले झापड हानेका थिए ।

उनले झापड हानेको स्वीकार पनि गरे र भने, ‘तीन झापड हानेको हुँ । अब वुद्धि आउला ।’ हातपात किन भन्ने प्रश्नमा मनाङेले भने, ‘खेलाडीलाई ग्राउन्ड पनि दिएका छैनन् । गाउँबाट बोलाएर‘ मनाङबाट आएको सात दिन भयो । आफैँले पालेर राखिदिएको छु । यिनीहरुले अहिलेसम्म ग्राउन्ड दिएका छैनन्, गाडी दिएका छैनन् । यिनीहरुले के गरेको रु कहाँ सुत्ने केही थाहा छैन, अब हाम्रो मनाङको गेम त यहाँको कास्की र हेम्जाको जस्तो त होइन नि ।’

एन्फाका कास्कीका अध्यक्ष गुरुङकाअनुसार मनाङको खेल भोलिबाट छ । तर सांसद मनाङेले मनाङबाट आएका खेलाडीहरुले एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका थिए । ‘हामीले दिन सक्दैनौं भनेपछि हात हाल्नुभयो,’ गुरुङले भने । मुख्यमन्त्री कप सोमबारबाट लेखनाथको भण्डारढिकमा सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस