घुस लिएको आरोपमा प्रहरी हवल्दार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्धा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

घुस लिएको आरोपमा प्रहरी हवल्दार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्धा


७ माघ २०७६, मंगलबार


अख्तियार

काठमाडौं । घुस लिएको आरोपमा मोरङको इलाका प्रहरी कार्यालय उर्लावारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा मंगलबार मुद्धा दायर भएको छ ।

काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध मुद्धा दायर गरेको हो ।

इटहरीबाट खटिइएको आयोगको टोलीले श्रेष्ठलाई सेवाग्राहीबाट ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा श्रेष्ठले सेवाग्राहीको व्यवसाय संचालनमा सहज गरिदिने भनी घुस लिएको तथ्य पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस