धादिङमा मिनी ट्रक दुर्घटना, ६ जनाको मृत्यु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

धादिङमा मिनी ट्रक दुर्घटना, ६ जनाको मृत्यु


७ माघ २०७६, मंगलबार


काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।  दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना अवस्थाको गम्भीर रहेको प्रहरीले जनाएको छ।

ज्वालामुखी गाउँपालिकास्थित मण्डलीथान पुगेर फर्किँदै गरेका दर्शनार्थी चढेको ग१ख १२८० नम्बरको मिनी ट्रक धादिङको निलकण्ठ नगरपालिका-८ मा दुर्घटना भएको हो । मिनी ट्रकमा ढोला मण्डलीमाईको दर्शन गर्न गएका निलकण्ठ नगरपालिका-२ भुलभुलेका बासिन्दा चढेको प्रहरीले बताएको छ । ट्रकमा ४५ जना यात्रु सवार रहेको प्रहरीले बताएको छ। उनीहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस