सभामुखमा अग्नि सापकोटा निर्विरोध चयन, १२ गते घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सभामुखमा अग्नि सापकोटा निर्विरोध चयन, १२ गते घोषणा


७ माघ २०७६, मंगलबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटा सभामुखमा निर्विरोध चयन भएका छन् ।

मंगलबार उम्मेदवारीका लागि निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्‍का भएको हो। औपचारिक घोषणा भने माघ १२ गते हुनेछ। १२ गते बस्‍ने प्रतिनिधिसभाको बैठकमा अरु कसैको उम्मेदवारी नपरेकोले सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ।

यसको औपचारिक घोषणा भने माघ १२ गते बस्ने संसद् बैठकबाट गरिने संसद सचिवालयले जनाएको छ । संसद् सचिवालयले मंगलबार ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दिने कार्यतालिका प्रकाशित गरेको थियो । सापकोटाले संसद् भवन बानेश्वरमा पुगेर बिहान उम्मेदवारी दर्ता गराएका थिए ।

यसअघि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको थियो । असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस