मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु


७ माघ २०७६, मंगलबार


काठमाडौँ । गोरखाका एक शिक्षकको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । भीमसेनथापा गाउँपालिका–७ पिपलटार घर भई हाल केरौंजा माविमा कार्यरत शिक्षक अर्जुन श्रेष्ठको मोटरसाइकल दुर्घटनामा परी सोमबार साँझ ९ बजे मृत्यु भएको हो ।

बिदामा घर गएका श्रेष्ठ आइतबार पिपलटारमा मोटरसाइकल दुर्घटना हुँदा सडकबाट ५० मिटर तल खसेका थिए । शरीरको विभिन्न अंगमा चोट लागेका उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । उनलाई सोमबार बेलुका ९ बजे चिकित्सकले मृत घोषणा गरेको हो ।

४२ वर्षीय शिक्षक श्रेष्ठ विगत १३ वर्षदेखि केरौंजा माविमा मावि तहको राहत दरबन्दीमा कार्यरत थिए । उनको निधन भएको शोकमा धार्चे गाउँपालिकाभरिका सामुदायिक विद्यालय बन्द गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस