मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा अचेत भेटिएका ८ भारतीय पर्यटकको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा अचेत भेटिएका ८ भारतीय पर्यटकको मृत्यु


७ माघ २०७६, मंगलबार


काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।

मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए । बेहोस अवस्थामा रहेका ४ महिला र ४ पुरुष भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौं पठाइएको पालुङ प्रहरीले जनाएको छ ।

हेम्स अस्पतालमा पठाइएका उनीहरुको आकस्मिक कक्षमा उपचारका क्रममा सबैको मृत्यु भएको अस्तपालले जनाएको छ । उनीहरुको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले बताएको छ ।

मृत्यु हुनेको सनाखत भने भइसकेको छैन ।

प्रारम्भिक अनुसन्धान अनुसार कोठामा हिटर चलाएर सुतेका कारण हुनसक्ने आशंका गरिएको छ । तर मृत्युको कारण आउन पोष्टमार्टम रिपोर्ट कुर्नुपर्ने प्रहरीले जनाएको छ ।

भारतको केराला बाट नेपाल घुम्न १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस