सभामुखमा अग्नि सापकोटाको उम्मेदवारी दर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सभामुखमा अग्नि सापकोटाको उम्मेदवारी दर्ता


७ माघ २०७६, मंगलबार


काठमाडौं । नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

सभामुख निर्वाचनमा कांग्रेस भने सहभागी नहुने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

योसँगै सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ ।

गत असोजदेखि कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली भएको थियो । नेकपाभित्रको आन्तरिक किचलोका कारण लामो समयदेखि सभामुख निर्वाचन प्रक्रिया अघि बढ्न सकेको थियो ।

शिवमाया तुम्बाहाम्फेले उपसभामुखबाट राजीनामा दिएपछि उपसभामुख पद पनि खाली भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस