पशुपति क्षेत्रका मदिरा र भट्टी पसल हटाइने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पशुपति क्षेत्रका मदिरा र भट्टी पसल हटाइने


प्रशासन संवाददाता

७ माघ २०७६, मंगलबार


काठमाडौँ । पशुपति क्षेत्रमा खुलेका मदिरा र भट्टी पसल हटाइने भएको छ । पशुपति क्षेत्र विकास कोषले स्थानीय वडा कार्यालयसँग परामर्श लिइ यस्ता पसलहरु हटाउने तयारी गरेको हो ।

काठमाडौँ महानगरपालिका वडा नं. ७ सिफललगायतका क्षेत्रमा भने वडा कार्यालय र सामुदायिक प्रहरीको संयुक्त अग्रसरतामा यी पसल हटाइने छन् ।

कोषले यस्ता पसल हटाउन सात दिने सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । सूचना अवलम्बन गरिएपछि प्रशासनिक निकायको सहकार्यमा यी पसल हटाइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस