अमेरिकाको टेक्सासमा गोली चल्यो, दुईको मृत्यु्, पाँच घाइते « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

अमेरिकाको टेक्सासमा गोली चल्यो, दुईको मृत्यु्, पाँच घाइते


७ माघ २०७६, मंगलबार


काठमाडौँ । अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राती भएको एक गोलीकाण्डमा दुई जनाको ज्यान गएको छ । घटनामा अन्य पाँच घाइते भएका छन् ।

सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चार माध्यमलाई बताएअनुसार व्यक्तिहरूको समूहबीच भएको झगडामा एकजना व्यक्तिले बन्दुक निकालेर गोली हान्न शुरु गरेका थिए।

विवाद शुरु भएपछि नै परिस्थिति जटिल बनेको र प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस