धरान उपमहानगरपालिकाका पूर्वमेयर राईको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धरान उपमहानगरपालिकाका पूर्वमेयर राईको निधन


६ माघ २०७६, सोमबार


काठमाडौं । धरान उपमहानगरपालिकाका पूर्व मेयर तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य ध्यानबहादुर राईको निधन भएको छ ।

६० वर्षको उमेरमा राईको उपचारका क्रममा सोमबार मध्यान्ह निधन भएको हो । पूर्वमेयर राई एक वर्षयता क्यान्सर रोगबाट पीडित थिए ।

राई २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट धरानको मेयरमा निवार्चित भएका थिए ।

उनकै पालामा धरानले विकासको आधार तयार गरेको थियो । उनी २०४६ सालको प्रजातन्त्र पुनर्वहालीपछि २०४९ को स्थानीय निकायको चुनावमा पहिलो मेयर बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस