सभामुखको निर्वाचन माघ १२ गते « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सभामुखको निर्वाचन माघ १२ गते


६ माघ २०७६, सोमबार


काठमाडौं । प्रतिनिधिसभाका सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ ।

संसदमा भएका प्रमुख दलहरुबीच सभामुखको चुनाव १२ गते चुनाव गर्ने सहमति जुटेको छ । त्यसअनुसार संसद सचिवालयले बैठक बसेर कार्यतालिका बनाउँदैछ ।

अपराह्न ४ बजे बस्ने संसदको बैठकमा यसबारे औपचारिक जानकारी गराइनेछ । उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले राजीनामा दिइसकेकाले यो बैठकको अध्यक्ष ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।

नेकपाले अग्नी सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सापकोटाविरुद्ध उम्मेद्वार उठाउने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस