प्रदेश लोक सेवा आयोगले पायो पूर्णता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश लोक सेवा आयोगले पायो पूर्णता


६ माघ २०७६, सोमबार


हेटौँडा । वाग्मती प्रदेशको लोक सेवा आयोगले पूर्णता पाएको छ । सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेको रिफारिस समितिले प्रदेश लोक सेवा आयोगका सदस्यमा पूर्वसहसचिव सुर्दशन ढकाल र शिक्षण अस्पताल, महाराजगञ्जमा अध्यापन गराउँदै आएकी डा शर्मिला न्यौपानेलाई सिफारिस गरेको हो ।

सिफारिस गरिएका दुवैजनालाई आज शपथग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि आयोगमा अध्यक्षको मात्र नियुक्त गरी कामकारबाही हुँदै आएको थियो । आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठ हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस