बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित


६ माघ २०७६, सोमबार


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा लागाइएको निषेधाज्ञा स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लागाएको निषेधाज्ञा स्थगित गरेको हो ।

स्थानीयबासीले बाह्रबिसे बजार क्षेत्रको अरनिको राजमार्गको दायाँबायाँ सडक अतिक्रमण गरी घर टहरा बनाएको सम्बन्धमा सात दिन भित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन भएपछि निषेधाज्ञा स्थगित गरिएको छ ।

आइतबार बसेको सर्वपक्षीय भेलाले बाह्रबिसे नगरपालिकाका अधिकृत युगबहादुर खड्काको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको हो । छानविन समितिको प्रतिवेदन आएपछि अघि बढ्ने जिल्ला प्रशासनले जनाएको छ ।

राजमार्ग साँघुरो हुने गरी अतिक्रमण गरेर टहरा बनाइएका थिए । ती टहरा भत्काउन नगरपालिकाले पटक पटक सूचना जारी गरेको थियो । सूचना जारी गर्दा पनि अटेर गरेपछि शुक्रबार डोजर प्रयोग गरी टहरा भत्काइएका थिए । टहरा भत्काउँदा विरोध भएको थियो । विरोधमा झडप हुँदा स्थिति नियन्त्रणमा ल्याउन स्थानीय प्रशासनले आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म अनिश्चितकालका लागि कफ्र्यु लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस