अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय


५ माघ २०७६, आइतबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय लिएको हो।

बिहान दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सापकोटाकै नाममा सहमति जुटाएका थिए।

यसअघिकै सचिवालय बैठकले उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन भनिसकेको छ।

यसअघि सभामुखमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आ-आफ्नो अडानले सभामुख चयन गर्न सकिएको थिएन। प्रधानमन्त्री ओलीले सभामुखमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई बनाउने पक्षमा थिए।

Tags :
प्रतिक्रिया दिनुहोस