२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोल पम्प सञ्चालक पक्राउ

अ+ अ-

काठमाडौँ । सङ्खुवासभाको खाँदबारी नगरपालिका ९ मा रहेको यशोधा पेट्रोल पम्पका सञ्चालक उत्तम कटुवाललाई पक्राउ गरिएको छ ।

पम्प सञ्चालक कटुवाललाई जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले इन्धनमा निर्धारित मूल्यभन्दा बढी असुलेको भन्दै पक्राउ गरेको हो ।

नेपाल आयल निगमले समायोजन गराएको मूल्यभन्दा बढी लिएपछि कटुवाललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको हो ।

कटुवालले गएको पुस १७ गते डिलर्स एसोसिएशन विराटनगरले उपलब्ध गराएको भन्दा बढी मूल्य लिएर माघ २ गतेसम्म पेट्रोलियम पदार्थ बेचेको आरोप उपभोक्ताको छ ।

गत पुस १७ मा जारी भएको मूल्यअनुसार पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ ६५ पैसा र डिजेलको मूल्य १ सय ३ रुपैयाँ ६५ पैसा तोकिएकोमा कटुवालले पेट्रोल १ सय १४ रुपैयाँ ९० पैसा र डिजेल प्रतिलिटर १ सय ३ रुपैयाँ ९० पैसामा बिक्री गर्दै आएका थिए । कटुवाललाई तीन वर्षअघि पनि पेट्रोलियम पदार्थमा बढी मूल्य लिएको आरोपमा प्रशासनले मुद्दा चलाएको थियो ।

कटुवाललाई कालोबजारीको मुद्दा लगाइएको छ ।