पेट्रोल पम्प सञ्चालक पक्राउ « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

पेट्रोल पम्प सञ्चालक पक्राउ


५ माघ २०७६, आइतबार


नेपाल आयल निगम

काठमाडौँ । सङ्खुवासभाको खाँदबारी नगरपालिका ९ मा रहेको यशोधा पेट्रोल पम्पका सञ्चालक उत्तम कटुवाललाई पक्राउ गरिएको छ ।

पम्प सञ्चालक कटुवाललाई जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले इन्धनमा निर्धारित मूल्यभन्दा बढी असुलेको भन्दै पक्राउ गरेको हो ।

नेपाल आयल निगमले समायोजन गराएको मूल्यभन्दा बढी लिएपछि कटुवाललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको हो ।

कटुवालले गएको पुस १७ गते डिलर्स एसोसिएशन विराटनगरले उपलब्ध गराएको भन्दा बढी मूल्य लिएर माघ २ गतेसम्म पेट्रोलियम पदार्थ बेचेको आरोप उपभोक्ताको छ ।

गत पुस १७ मा जारी भएको मूल्यअनुसार पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ ६५ पैसा र डिजेलको मूल्य १ सय ३ रुपैयाँ ६५ पैसा तोकिएकोमा कटुवालले पेट्रोल १ सय १४ रुपैयाँ ९० पैसा र डिजेल प्रतिलिटर १ सय ३ रुपैयाँ ९० पैसामा बिक्री गर्दै आएका थिए । कटुवाललाई तीन वर्षअघि पनि पेट्रोलियम पदार्थमा बढी मूल्य लिएको आरोपमा प्रशासनले मुद्दा चलाएको थियो ।

कटुवाललाई कालोबजारीको मुद्दा लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस