सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस


५ माघ २०७६, आइतबार


काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस भएको छ ।

शनिबार पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई पदाधिकारीको नाम सिफारिस गरेको हो ।

सत्य निरुपणको अध्यक्षमा डा. गणेशदत्त भट्ट र बेपत्ता आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस गरिएको हो । पदाधिकारी विहीन भएको नौ महिनापछि समितिले नाम सिफारिस गरेको हो । समितिको २४औँ बैठकबाट दुवै आयोगका पाँच/पाँच जना पदाधिकारीको नाम सिफारिस गरिएको हो।

सरकारले गत चैत्र ११ गते ती दुवै आयोगका पदाधिकारीको नाम सिफारिस गर्नका लागि मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । गत चैत मसान्तदेखि आयोग पदाधिकारी विहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन सकेका छैनन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा आयोगका पदाधिकारीको नाम सिफारिस समितिले गरेपछि मन्त्रिपरिषद्बाट नियुक्त गर्ने सहमति भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस