नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, सवारी आवागमन प्रभावित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, सवारी आवागमन प्रभावित


३ माघ २०७६, शुक्रबार


चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो ।

पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ ।

प्रहरीका अनुसार, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिए पनि वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस