चितवनमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चितवनमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु


प्रशासन संवाददाता

२ माघ २०७६, बिहिबार


भरतपुर । ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ ।

हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मृत्यकको पहिचान खुल्न नसकेको र शव भरतपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस