बनेपा । इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका ५ जनालाई नियन्त्रणमा लिनुका साथै नगद रु १ लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
उनले फरार रहेका १५ जनाको खोजीकार्य जारी रहेको र २ वटा चेकबुकसमेत बरामद भएको जानकारी दिए । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।







