प्रदेशस्तरीय पुरुष भलिबलमा चितवन विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेशस्तरीय पुरुष भलिबलमा चितवन विजयी


१ माघ २०७६, बुधबार


चौतारा । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानुसिरुबारीमा आयोजित वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको आज भएको फाइनलमा चितवन जिल्ला विजयी भएको छ । विजेता चितवनले २५–२०, २५–२३ र २६–२४ को अन्तरले रामेछापलाई पराजित गरेको थियो ।

प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले विजेता र उपविजेतालाई क्रमशः रु २ लाख दुई हजार २० र रु १ लाख एक हजार १० सहित ट्रफी, पदक र प्रमाणपत्रसहित पुरस्कृत गरे। भलिबलमा जिल्लाकै ठूलो धनराशि पुरस्कार रहेको उक्त प्रतियोगिता गत पुस २६ गतेदेखि शुरु भएको थियो । प्रतियोगितामा काठमाडौं र रसुवाबाहेक ११ जिल्लाको सहभागिता रहेको आयोजक भदौरे गणेश सामाजिक संस्थाका अध्यक्ष रवीन गौतमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस