२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रिकेट रङ्गशाला बनाउन गल्छी गाउँपालिकाले निःशुल्क बालुवा दिने

अ+ अ-

काठमाडौँ । नेपाल टिप्पर तथा ट्रक व्यवसायी समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्‍याउन एक सय टिप्पर बालुवा निःशुल्क ढुवानी गर्ने भएको छ।

समितिले धुर्मुस–सुन्तली फाउण्डेशनले जनस्तरबाट सङ्कलित रकमबाट चितवनमा निर्माणाधीन रङ्गशालालाई धादिङको गल्छी गाउँपालिकाले उपलब्ध गराएको १०० टिप्पर बालुवा निःशुल्क ढुवानी गर्न लागेको हो।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र समितिका अध्यक्ष रामकुमार चापागाईँबीच मङ्गलबार सम्झौतासमेत भएको छ। समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणका लागि टिप्पर तथा ट्रक व्यवसायीले थोरै भए पनि सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।

पछिल्लो समय खेल मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ। फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको जानकारी दिए। रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ।

मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उनले जानकारी दिए ।रङ्गशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन्। ५० ओभरका तीनवटा पिच तयार भएर तीनै।खेल मैदानमा खेल भएका हुन्। रङ्गशाला सम्पन्न हुँदै गर्दा त्यो ठाउँ पार्किङ हुनेछ।

रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ। रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ। रङ्गशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।