२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा थप पर्यटकीय गतिविधि बढाउने योजनालाई प्राथमकिता दिन जोड

अ+ अ-

पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले महानगरले सार्वजनिक हितलाई ख्याल गरेर नै सार्वजनिक निजी साझेदारी (पिपिपी) आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपालिकाले पिपिपीका लागि छनोट भएका आयोजनाको सम्बन्धमा आज यहाँ आयोजित छलफलमा उनले महानगरले ल्याएका आयोजनाले पोखराको सुन्दरतामा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

मन्त्री विश्वकर्माले कुनै पनि आयोजनालाई कार्यान्वयनमा लैजाँदा सार्वजनिक रुपमा छलफल गर्नुपर्ने औँल्याए । उनले हरेक सम्भावनाको खोजी गर्दै पोखरामा थप पर्यटकीय गतिविधि बढाउने खालका योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

पिपिपी मोडलअन्तर्गत महानगरले सेती खोँच विकास आयोजनाका लागि रु एक अर्ब ५८ करोड रुपैयाँ लागतको योजना अघि सारेको छ । त्यस्तै पातलो छाँगो सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजनामा रु ४९ करोड १९ लाख र सराङकोट पर्यटन पूर्वाधार विकासमा रु १४ करोड ७४ लाख लागत अनुमानसहितको योजना प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले सेती खोँचमा साहसिक पर्यटकीय पूर्वाधार निर्माणका लागि यहाँस्थित रामघाटलगायतका स्थानबाट नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए। गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले थोरै लगानी गरेर राम्रो आम्दानी गर्न सकिने धेरै ठाउँ भएकाले त्यसप्रति महानगरले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

प्रदेशसभा सदस्य मनबहादुर गुरुङले रामघाटलाई तालका रुपमा विकास गर्न त्यसबारे अध्ययन गर्नुपर्नेमा जोड दिँदै योजनाको सफलतापूर्ण कार्यान्वयन महत्वपूर्ण भएको बताए । अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले महानगरले ल्याएको योजनाले पोखराको पर्यटनमा थप टेवा पुग्ने बताउँदै सेती नदीमा पर्यटकीय पूर्वाधार निर्माण गर्दा नदीलाई प्रदूषित हुनबाट जोगाउनुपर्ने आवश्यकता औँल्याए ।

प्रदेशसभा सदस्य रामजी बरालले आन्तरिक पूँजीलाई सही रुपमा परिचालन र व्यवस्थापन गर्नुपर्ने बताउँदै सेतीबाट नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य राजीव पहारीले तोकिएको मापदण्ड लागू गराउन र सार्वजनिक सम्पत्तिको संरक्षणमा कठोर हुनुपर्ने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य मित्रकुमारी गुरुङ सुवेदी र पुष्पा केसी भण्डारीले महानगरले अगाडि सारेका योजनालाई सफल बनाउन तीनै तहका सरकारबीच समन्वयको खाँचो औँल्याए । महानगर प्रमुख मानबहादुर जिसीले सार्वजनिक हितलाई ध्यानमा राखेर नै महानगरले तीन आयोजनालाई पिपिपी मोडलमा अगाडि बढाएको जानकारी दिए । विकास निर्माणमा संघ, प्रदेश र स्थानीय तहको समन्वय आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा अनन्तप्रसाद कोइरालाले तीनवटा आयोजनाका बारेमा प्रस्तुति राखेका थिए ।