जिल्ला न्यायाधीश नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जिल्ला न्यायाधीश नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट


२८ पुस २०७६, सोमबार


High Court_Sarbocha adalat

काठमाडौं । जिल्ला न्यायाधीशको नियुक्ति बदर गर्न सर्वोच्चमा रिट दायर भएको छ । न्याय परिषदले गत मंसिर १७ गते गरेको जिल्ला न्यायाधीशको नियुक्ति कानुन विपरित भएको भन्दै बदर गर्न उपन्यायधिवक्ता हरिशंकर ज्ञवालीले आइतबार रिट दायर गरेका हुन् ।

न्याय परिषद्ले गत मंसिर १७ गते न्याय सेवामा कार्यरत ७ जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गरिएको थियो ।

रिट निवेदनमा नेपालको संविधानले न्यायाधीश नियुक्ति गर्दा ज्येष्ठता, योग्यता र कार्यक्षमतालाई प्रमुख आधार बनाउनुपर्ने भनेकामा न्यायसेवाका कर्मचारीबाट मात्रै जिल्ला न्यायाधीश नियुक्ति गरिएकाले न्यायपरिषदको निर्णय स्वेच्छाचारी र हचुवा भएको दाबी गरिएको छ ।

न्याय सेवामा कार्यरत कर्मचारीको समग्र मूल्यांकन गरी पुनःनियुक्तिका लागि सिफारिस हुन सक्ने हुँदा पहिलाको निर्णयलाई बदर गरी स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगले न्यायाधीश नियुक्ति गर्न माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस