वैदेशिक रोजगार पीडितले अब स्थानीय प्रहरी चौकीमै उजुरी दिन सक्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक रोजगार पीडितले अब स्थानीय प्रहरी चौकीमै उजुरी दिन सक्ने


२७ पुस २०७६, आइतबार


काठमाडौँ । वैदेशिक रोजगारीमा ठगिएका र बेचबिखनमा परेका पीडितले स्थानीय प्रहरी चौकीमै उजुरी दिन सक्ने भएका छन् ।

वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबिच आइतबार समझदारी भएसँगै पहिलेजस्तो पीडित उजुरीको लागि काठमाडौँ आउनुपर्ने बाध्यता हटेको हो ।

वैदेशिक रोजगारको नाममा हुने सक्ने मानव बेचबिखन तथा ओसार प्रसार गर्ने कार्यलाई नियन्त्रण गर्न र ठगी कार्यलाई रोक्नको लागि दुई निकायबिच समझदारी भएको हो।

ठगहरूलाई कारबाही गर्न काठमाडौँ स्थित वैदेशिक रोजगार विभागमै धाउनुपर्ने बाध्यता हटाई घरदैलो सेवा सुरुवात गरेको वैदेशिक रोजगार विभागका महा निर्देशक भीष्मकुमार भुसालले बताए । आफूलाई पाइक पर्ने प्रहरी चौकीमा गएर पीडक विरुद्ध उजुरी दिन सकिने छ,’ उनले भने, ‘प्रहरीले प्रारम्भिक सूचना सङ्कलन गरी थप कारबाहीको लागि माथि पठाउने छ’

वैदेशिक रोजगार ऐनले कारबाहीको दायरामा ल्याउन नसकेका तथा अनुसन्धान तहकिकात गर्न विद्यमान कानुनी व्यवस्थाले नसमेटेको विषयमा भएका लुपहोललाई विभाग–प्रहरीको समन्वयले हटाएको महा निर्देशक भूसालको भनाई छ ।

विभाग र प्रहरीबिच भएको संयुक्त अनुसन्धान टोली परिचालन गर्ने, सूचनाको आदानप्रदान गर्ने र क्षमता अभिवृद्धिको क्रियाकलाप गर्ने काममा समझदारी गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस