‘घुम्न जाऔँ सुदूरपश्चिम’ लोकार्पण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘घुम्न जाऔँ सुदूरपश्चिम’ लोकार्पण


२७ पुस २०७६, आइतबार


अत्तरिया । भ्रमण वर्ष २०२० लाई टेवा पुग्ने गरी सिर्जना गरिएको ‘घुम्न जाऔँ सुदूरपश्चिम’ गीतको लोकार्पण गरिएको छ । दार्चुलाका पत्रकार एवं गायक कृष्ण धाँमीले रचना गरेको उक्त गीतको आज एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले लोकार्पण गरिन् । मन्त्री भट्टले गीतले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

उनले भ्रमण वर्ष २०२० लाई लक्षित गरी लोकार्पण गरिएको गीत सुनेर सुदूरपश्चिम प्रदेशमा आन्तरिक पर्यटक भित्रिनमा टेवा पुग्ने बताइन् । सुदूरपश्चिमका नौवटै जिल्लामा रहेको पर्यटकीय क्षेत्रलाई समेट्ने गरी गीत सिर्जना गरेको गीतका सर्जक धाँमीले बताए। आफ्नै लगानीमा तयार गरिएको गीतको अडियो मात्र आज सार्वजनिक भएको उनले जानकारी दिए ।

९ मिनेट १५ सेकेण्डको उक्त गीतको लय, शब्द धाँमीले नै सिर्जना गरेको हो भने आवाज पनि धाँमी र पूर्णकला विसीको छ । गीत सार्वजनिक भइसकेका कारण अन्यले पनि डोटेली तथा थारु भाषामा समेत गाउन सक्ने धाँमीको भनाइ छ । धाँमीले यसअघि दुई वटा गीत बजार ल्याइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस