काठमाडौँ । अवैध गिट्टी बालुवा उत्खनन्को पटक–पटक विरोध गर्दै आएका युवकलाई ट्रिपरले किचेर हत्या गरिएको छ। धनुषाको औरही खोला उत्खनन्को विरोधमा प्रहरी प्रशासन सम्म पुगेका २४ वर्षीय दिलीपकुमार महतोलाई सोही खोलामा ट्रिफरले किचेर शुक्रबार हत्या भएको स्थानीयको आरोप छ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुशार महतोलाई गाडीले किचेको अवस्थामा बरामद गरेको र अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।
साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयले आरोप लगाएका छन्। टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।युवको हत्या विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।
महतोको शव पोस्टमार्टम का लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरीक्षक यादवले बताए।







