राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली आज « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली आज


२५ पुस २०७६, शुक्रबार


काठमाडौं । आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज हुँदै छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार मनोनयनपत्र दर्तागराएका उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम सम्पन्न भएसँगै आज अन्तिम नामावली प्रकाशन हुने छ ।

अन्तिम नामावली प्रकाशन आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म र १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

उम्मेदवारले नाम फिर्ता लिने समय बुधबार बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म निर्धारण गरिएकामा मनोनयनपत्र दर्ता गरेका कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता नलिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुन्छ । संविधानको धारा ८६ (३०) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ । स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस