नेपालीको सुरक्षाबारे उपयुक्त व्यवस्था मिलाऊ : राप्रपा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालीको सुरक्षाबारे उपयुक्त व्यवस्था मिलाऊ : राप्रपा


२४ पुस २०७६, बिहिबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मध्यपूर्वमा हाल विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यहाँ रहेका नेपालीको हित र सुरक्षाबारे अहिलेदेखि नै उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

राप्रपा अध्यक्ष एवं पार्टीका अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले पछिल्लो अन्तरराष्ट्रिय विश्व राजनीतिक घटनाक्रमको समीक्षा र विश्लेषण तथा विभागको भावी कार्यक्रमको खाकाका विषयमा छलफल गरी सो निर्णय गरेको पार्टी अन्तरराष्ट्रिय सम्बन्ध विभाग सदस्य सचिव प्रा डा. गीताभक्त जोशीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस