चिसो बढेपछि विद्यालय ६ दिन बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चिसो बढेपछि विद्यालय ६ दिन बन्द


२४ पुस २०७६, बिहिबार


School

डोटी । अत्यधिक चिसो बढेपछि दिपायल सिलगढी नगरपालिका डोटीले नगरभित्रका सामुदायिक विद्यालयहरूलाई ६ दिन बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले चिसोका कारण विद्यार्थीहरुलाई विद्यालय आवत जावत तथा पठन पाठन गर्न कठिनाइ भएकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु थापाले जारी गरेको सूचनामा मौसम प्रतिकूलका कारण चिसो अत्यधिक बढ्न गई विद्यार्थीहरुलाई विद्यालय आवत जावत तथा पठन पाठन गर्न अति कठिन भएको तथा सोको असरबाट विद्यार्थीहरू बिरामी समेत भइरहेको कारण विभिन्न विद्यालयबाट केही दिन विद्यालय बन्द गरिदिन हुन लिखित अनुरोध समेत आएकोले पुस २५ गते देखि माघ १ गते सम्म विद्यालय बन्द गर्ने तथा माघ २ गते देखी विद्यालय खुल्ने ब्यहोरा गरिएको उल्लेख छ ।

संस्थागत विद्यालयको हकमा भने कुनै कुरा उल्लेख गरेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय पहिले नै गरिसकेको छ । दिपायल सिलगढी नगरपालिका भित्र ४० वटा सामुदायिक ४० र १८ वटा संस्थागत विद्यालयहरू रहेका छन् । केही दिनको लगातार वर्षाका कारण चिसो अत्यधिक बढेको छ । बिहीबार डोटीको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस र अधिकतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस