दुनै,डोल्पा । डोल्पाबाट रुकुम हुँदै जाजरकोट जाँदै गरेको बोलेर जिप दुर्घटना भएको छ । रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ को मनका बगरमा जिप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।
रुकुम पश्चिमको आठबिसकोट-६ मनका बगरमा जिप दुर्घटना हुँदा डोल्पाको इलाका प्रहरी कार्यालय करोपगाडबाट प्रहरी हवलदार सहित ५ जनाको टोली पहिला घटनास्थल पुगेर घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जित कारले जानकारी दिए ।
रुकुम र डोल्पाको सिमाना त्रिवेणीबाट रुकुम पश्चिमको गोतामकोट जाँदै गरेको ग१ज५२०१ नम्बरको जिप बिहान १० बजेतिर दुर्घटना भएपछि डोल्पाको प्रहरीले पहिला पुगेर घाइतेलाई उपचारको लागि आठबिसकोट नगरपालिका-९ स्थित राडी बजार अस्पतालमा पठाएको डिएसपी रञ्जित कारले बताए ।
त्यस पश्चात् रुकुम पश्चिमाको गोतामकोट चौकीबाट असईको कमान्डामा प्रहरी घटना स्थल आएको र घाइतेलाई उपचारको लागि पठाएर दुर्घटनाबारे अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ । गाडी चालक वर्ष २५ को तिलक बिक भने फरार रहेको र उनको खोजी कार्य प्रहरीले गरी रहेको जनाइएको छ ।
जिप दुर्घटनामा तिन जना गम्भीर घाइते भएका छन्,। गम्भीर घाइते हुनेमा डोल्पा मुड्केचुला ७ का वर्ष २३ राजबहादुर बुढा सोही बस्ने वर्ष १८ आर्यन बुढा र ठुलीभेरी नपा ५ बस्ने वर्ष ५२ का चन्द्रबहादुर रोकाया रहेका छन् ।
त्यसै गरी ठुलीभेरी नगरपालिका ६ बस्ने १६ की रामकुमारी बुढा,५ बस्ने वर्ष ६८ हस्तबहादुर खत्री,वर्ष ६३ को आइते रोकाया जगदुल्ला ४ बस्ने वर्ष ४६ को हरिबहादुर कामी,वर्ष ४१ को विश्व बिक,वर्ष ३८ की रेउलि बिक,रुकुम पश्चिम आठबिसकोट नपा ६ वर्ष २६ टोपबहादुर बिक,वर्ष २३ जीवन बिक, र सुर्खेत गूर्वाकोट न पा १३ को वर्ष २८ को दीपेन्द्र बुढा सामान्य रहेको जिल्ला प्रहरी कार्य डोल्पाका डिएसपी नारायण रञ्जित कारले जानकारी दिए ।
जिप दुर्घटना पछि चालक फरार रहेको र दुर्घटना कसरी भएको थियो भन्नेबारे भने प्रहरीले अनुसन्धान गरी रहेको जानकारी दिएको छ ।







