२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु

अ+ अ-

नवलपुर । देशका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु भएको छ । गत शनिबारदेखि हुने भनिएको चरा गणना मौसमका कारण दुई दिनपछि सोमबारदेखि शुरु भएको हो ।

बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रलगायत देशभरका राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना एकसाथ शुरु भएको हो । हरेक वर्ष ४ जनवरीदेखि १९ जनवरीसम्म चरा गणना हुने गर्दछ ।यस पटक ६५ ठाउँमा गणना हुने जनाइएको छ । ।

चितवनमा नारायणी नदी किनार र निकुञ्ज तथा राप्ती किनारमा फरक फरक टोलीले जलचरा गणना गर्ने उनले जानकारी दिए । उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जको कुमरोज सामुदायिक वनबाट चरा गणना शुरु गरिएको छ’, चराविद्समेत रहेका बिडारीले भने, ‘नारायणी नदी र राप्तीको किनारमा चरा गणना गरिँदैछ ।’ कुमरोज वनदेखि कसराको पुलसम्म र निकुञ्जभित्रको लामीताल, तमोरताल, बीसहजारीताल, बाटुली पोखरीलगायतका तालहरुमा चरा गणना गरिने जनाइएको छ ।

सोसाइटीको पूर्वअध्यक्ष टिका गिरीले यसपटक दिव्यनगर र माडीको रिउखोलामा रहेका जलचराको पनि गणना गरिने जानकारी दिए । गणनामा क्यामेरा, बाइनोकुलर र टेलिस्कोपको प्रयोग गरिने उनले बताए । सोमबार भएको गणनामा चखेवा जातको चरा र जलकौवाको सङ्ख्या बढी पाइएको छ । अघिल्लो वर्षको चरण गणनामा चितवन निकुञ्ज र आसपासका क्षेत्रमा १५० प्रजातिका जलचरा भेटिएको थियो ।

चितवनमा सोसाइटी, राष्ट्रिय निकुञ्ज तथा चराविद्हरुको टोलीले चरा गणना गरिरहेको छ । चरासँग सम्बन्धित व्यक्तिका साथै संरक्षणकर्मी र गणक गरी २२ जनाको टोली चरा गणनामा सहभागी छन् ।