स्वदेशी तथा विदेशी पाहुनालाई डोटीमा आमन्त्रण (फोटो फिचर) « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

स्वदेशी तथा विदेशी पाहुनालाई डोटीमा आमन्त्रण (फोटो फिचर)


२१ पुस २०७६, सोमबार


डोटी । पर्यटन वर्ष २०२० लाई सफल पार्न स्वदेशी तथा विदेशी पर्यटक पाहुनाहरूलाई डोटीमा भ्रमण गर्नका लागि आमन्त्रण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीको समन्वयमा सोमबार बसेको सरोकार बालासँगको बैठकले डोटी जिल्ला ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा समेत पर्यटकीय महत्त्व बोकेको ठाउँ भएकाले कम्तीमा एक पटक डोटीमा भ्रमण गर्नको लागि आउन पर्यटकहरूलाई आमन्त्रण गर्ने निर्णय गरेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा आउने सम्पूर्ण प्रदेश सभा सदस्य तथा स्थानीय तहका पदाधिकारीहरूलाई स्वागत गर्ने र बसोबासको उचित बन्दोबस्त मिलाउने,डोटी आउने आगन्तुकहरुलाई होटेलमा बसाउँदा इन्ट्रि गरेर मात्र बसाउने गरी निर्णय गरेको समेत प्रजिअ पौडेलले बताए ।

बैठकमा होटेल व्यवसायी संघ, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, सुरक्षा निकाय लगायतका सरोकारवालासँगको सहभागिता रहेको थियो ।

धार्मिक एवं पर्यटनको हिसाबले डोटीको शैलेश्वरी मन्दिर, खप्तड राष्ट्रिय निकुञ्ज,सेती नदी, बडीकेदार क्षेत्र, डोटेली राजाको दरबार, दिप्पेश्वर मठ, सायलको भेल छडा झरना, काडामाण्डौको मालिका अखण्ड दीप, जोरायलको छतीवन ताल र भीम छेदन शिला, निरौली दरबार, आदर्शको डाँडा बाग मन्दिर, डा.केआई सिन्को जन्म थलो, शिखरको लाटाकाफली शिखर लगायतका स्थानहरू मुख्य स्थलको रूपमा लिने गरिन्छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस