राजधानीको नाम वाग्मती मान्य नहुने भन्दै माइतीघरमा प्रदर्शन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राजधानीको नाम वाग्मती मान्य नहुने भन्दै माइतीघरमा प्रदर्शन


२१ पुस २०७६, सोमबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश नं ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्न प्रदेशसभालाई आग्रह गर्ने निर्णय गरेको विरोधमा प्रदर्शन भएको छ ।

वाग्मती नामले प्रदेश नं. ३ को पहिचान सम्बोधन नहुने भन्दै विभिन्न नेवार संघ संगठन, नेपाल आदिवासी जनजाति महासंघ लगायतले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन्।

उनीहरुले प्रदेश नं ३ को नाम वाग्मती राखिनुले सरकार पञ्चायतकालीन युग तर्फ अघि बढिरहेको भन्दै, उनीहरुले ऐतिहासिक सांस्कृति पहिचानलाई समेटने गरी ‘नेवाःताम्सालिङ’ राख्न माग गरेका छन् ।

वाग्मती प्रदेश चाहिँदैन, पहिचान मेट्न पाइँदैन, प्रदेश ३ लाई नेवाः ताम्सालिङ प्रदेश नामकरण गर भन्ने नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

सोमबारदेखि प्रदेश ३ को प्रदेशसभा अधिवेशन सुरु हुन लागेकाले उनीहरुले प्रदर्शन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस