मोवाइल चार्ज गरिदिने बहानामा कोठाभित्र लगेर सामूहिक बलात्कार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोवाइल चार्ज गरिदिने बहानामा कोठाभित्र लगेर सामूहिक बलात्कार


२१ पुस २०७६, सोमबार


बलात्कार

लहान । सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ । मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

सिरहाका १९ वर्षीया ती युवतीलाई मोबाइल चार्ज गर्ने नाममा कोठाभित्र लगेर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।

घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेका प्रहरीले युवतीलाई उद्धार गरी दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक पुरीले बताए । पीडित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस