चितवनमा वन मौरीको टोकाइबाट महिलाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चितवनमा वन मौरीको टोकाइबाट महिलाको मृत्यु


२१ पुस २०७६, सोमबार


भरतपुर । चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ ।

घरमै बसिरहेएकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते भएको थियो । उनीलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस