नेकपा सचिवालय बैठक जारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेकपा सचिवालय बैठक जारी


२० पुस २०७६, आइतबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

आगामी केन्द्रीय समितिको बैठक र सभामुख पदको उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

बैठकको मुख्य एजेन्डा सभामुखको उम्मेदवार भएको बालुवाटार स्रोतले बताएको छ ।

कृष्णबहादुर महरा यौनदुर्व्यवहारको आरोपमा पक्राउ परेपछि रिक्त भएको सभामुख पदमा पूर्वएमालेबाट सुवास नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटाले दाबी गर्दा नेकपा निर्णयमा पुग्न सकेको छैन ।

तत्कालीन एमाले र तत्कालीन माओवादीबीच पार्टी एकता भएपछि नेकपाको केन्द्रीय समितिको बैठक औपचारिक रुपमा बस्न सकेको छैन । नेकपाको केन्द्रीय समिति चार सय ४१ सदस्यीय छ । केन्द्रीय समितिमा तत्कालीन एमालेबाट दुई सय ४१ र तत्कालीन माओवादी केन्द्रबाट दुई सय जना छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस