घरमाथि बस खस्दा एकको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

घरमाथि बस खस्दा एकको मृत्यु


१९ पुस २०७६, शनिबार


काठमाडौँ । चाँगुनारायण नगरपालिका–दुवाकोटमा घरमाथि बस खस्दा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति बा१ख९०९० नम्बरको बस दुवाकोटको सरस्वतीखेल खड्काटोल सडकखण्ड अन्तर्गत राईटार डाँडामा रहेको जस्तापाताले छाएको घरमाथि बस खसेर ३५ वर्षीय भिम योञ्जनको मृत्यु भएको हो ।

नेपाल इन्जिनियरिङ कलेज बेसी हुँदै रत्नपार्क चल्ने बस राइटार डाँडाको उकालो चढ्न नसकी ब्याक हुँदा योन्जनको घरमाथि खसेको स्थानीय प्रत्यक्षदशीले बताएका छन् ।

योन्जन घरभित्र खाना बनाइरहेका थिए । बसले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा उनकी श्रीमती, छोरा लगायत परिवारका अन्य सदस्य सकुशल रहेको भक्त पुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस चालक दोलखाको शैलुङेश्वर–४ का ३९ वर्षीय वेदबहादुर चौलागाईँलाई पक्राउ गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस