यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय


१७ पुस २०७६, बिहिबार


काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले ऋण असुली न्यायाधीकरणको बैंकिङ सदस्यमा काठमाडौं टोखाका नरेशराज अर्याललाई पुनः नियुक्त गरेको छ ।

साथै सरकारले चार जना इजिप्सियन नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ ।

गैरकानुनी रूपमा लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका चार जना नागरिकको भिसा दस्तुर तथा बिलम्ब शुल्क ४ हजार छ सय ४० अमेरिकी डलर र जरिवाना २ लाखसमेत मिनाहा गरी उनीहरूलाई नेपालबाट निष्कासन गर्ने निर्णय भएको हो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय :

 

 

Tags :
प्रतिक्रिया दिनुहोस