सामान्य प्रशासन मन्त्रालयका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सामान्य प्रशासन मन्त्रालयका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा


१६ पुस २०७६, बुधबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८३ हजार रुपैयाँ घुस लिएको आरोपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारका खरिदार त्रिलोचना पोखरेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

पोखरेलले ५ वटा सडकको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्ने क्रममा किर्ते मिटिङ माइन्युट र बैठक भत्ता बुझेको तथा सोही झुठ्ठा व्यहोराको आधारमा सेवाग्राहीबाट उक्त रकम घुस लिएको देखिन आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस