२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाहिरबाट रामपुर भित्रिने तरकारी, फलफूल र मासु निरुत्साहन

अ+ अ-

रामपुर । रामपुर नगरपालिकामा २८ कृषक युवा स्वरोजगारमा छनोट भएका छन् । रामपुरका विभिन्न बैंक तथा नगरपालिकाले विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन गरी ९१ जनाको आवेदनबाट स्वरोजगारका लागि ती कृषक छनोट गरेको हो ।

गत वर्षदेखि शुरु भएको स्वरोजगार कार्यक्रमअन्तर्गत तरकारी खेतीका निम्ति व्यक्तिगत रुपमा खेती गर्दा अनिवार्य २ रोपनी तथा सामूहिक रुपमा खेती गर्दा १० रोपनी जग्गामा खेती गर्नुपर्ने प्रावधान छ । त्यस्तै कुखुरापालनका लागि व्यक्तिगत ५ सय कुखुरा तथा सामूहिक रुपमा कुखुरा पाल्ने कृषकले तीन हजार कुखुरा पालेको हुनुपर्ने छ ।

नगरपालिकाले दिने सहयोगका लागि बाख्रापालनका लागि व्यक्तिगत १० बाख्राको माउ हुनुपर्ने र सामूहिक एक सय माउ बाख्रा पालेको हुनुपर्ने तथा मौरीका लागि व्यक्तिमा २० घार अनिवार्य हुनुपर्ने र सामूहिक भएमा एक सय घार हुनुपर्ने नगरपालिकाले तोकेको छ ।

भैंँसीपालन र बाख्रापालनका लागि छ–छ, गौपालनका लागि चार, कुखुरापालनका लागि आठ, च्याउ खेती र बङ्गुरपालनका लागि एक एक तथा आलुखेतीका लागि १२ फर्म चाहिन्छ ।

नगरपालिकामा बाहिरबाट तरकारी फलफूल र कृषि उपज नभित्र्याउनका लागि पहल गरिएको प्रशासकीय अधिकृत वाबुराम अर्यालले जानकारी दिए । नगरपालिकाले यही पुस महिनादेखि बुटवल, पोखरालगायत नारायणगढ क्षेत्रबाट रामपुरमा भित्रिने तरकारी, फलफूल तथा मासुलाई निरुत्साहन गर्ने लक्ष्य लिएको छ ।

अबदेखि रामपुरका कृषि हाटबजारमा रामपुरकै तरकारी बिक्री गरिने र त्यहाँका कृषकलाई व्यावसायिक बनाएर स्वरोजगार बनाउने योजना भएको नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताए । नगरपालिकाले गत हप्ता मात्रै रामपुरमा बाहिरबाट ल्याउने कुखुरा तथा अण्डा ल्याउन रोक लगाएको थियो ।