अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई दिए यस्तो धम्की « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई दिए यस्तो धम्की


१६ पुस २०७६, बुधबार


काठमाडौँ । इराकस्थित अमेरिकी दुताबासमा भएको अक्रमणमा संलग्न रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ट्रम्पले इरानलाई धम्की दिएका छन् । राष्ट्रपति ट्रम्पले कुनै क्षति भए इरानले ठूलो मूल्य चु्काउनु पर्ने भन्दै धम्की दिएका हुन् ।

आइतबार अमेरिकाले इराक र सिरियामा गरेको हवाई आक्रमणमा केही लडाकुको मृत्यु भएपछि प्रदर्शनकारीहरूले अमेरिकी दूतावासमा आक्रमण गरेका थिए ।

नयाँवर्षको २०२० को पूर्वसन्ध्यामा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै ट्रम्पले दूतावासमा आक्रमणका कारण कसैको मृत्यु भए वा कुनै पनि किसिमको क्षति पुगे इरानले ठूलो मूल्य चुकाउनुपर्ने ‘धम्की’ दिएका छन्।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले सो क्षेत्रमा तत्काल ७५० सैनिक परिचालित गरिने बताएका छन्।

उनले ट्वीटरमा लेख्दै संयुक्त राज्यले संसारभरि जुनसुकै ठाउँमा पनि आफ्ना नागरिक र स्वार्थको रक्षा गर्ने बताएका छन् ।

क्रुद्ध प्रदर्शनकारीहरूले अमेरिकी दूतावासमा सुरक्षाकर्मी बस्ने चौकी जलाएका थिए। उनीहरू दूतावासभित्र आगन्तुकलाई स्वागत गरिने क्षेत्रसम्म पुगेपछि अमेरिकी सैनिकहरूले अश्रुग्यास प्रहार गरेका थिए।

इरानले भने अमेरिकाले लगाएको आरोपको खन्डन गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस